जापान । कर्णाली प्रदेश समाज जापानले कर्णाली प्रदेशको डोल्पा जिल्ला स्थित विकट लुरी गाउँको त्रिपीटक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । सदरमुकाम दुनैबाट हिडेर ३, ४ दिन लाग्ने विकट गाऊॅंमा रहेको त्रिपीटक विद्यालमा भौतिक सामाग्रीको अभावले पठनपाठन असहज भएको जानकारी पाएपछि कर्णाली प्रदेश समाज जापानले आर्थिक संकलन गरि उक्त विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।
हरेक सुबिधाबाट बन्चित भएर पनि पढ्न मन भएका साना कोपिला बालबालिकाहरुको पठनपाठनमा केही सहजता होस् भन्ने उदेश्यले त्रिपीटक विद्यालयको भवन निर्माण गर्न समाजले रु ५० हजार आर्थिक सहयोग गरेको कर्णाली प्रदेश समाज जापानका महासचिव केबी टमट्टाले जानकारी दिनुभयो । कर्णाली प्रदेश समाज जापनले आगामी दिनमा पनि कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा हुने विकास निर्माणका क्षेत्रमा सेवा पुर्याउन पहल कदमी चालिरहेको टमट्टाले बताउनुभयो । समाजले जापानमा समस्यामा परेका कर्णालीबासी दाजुभाई दिदीबहिनीहरुलाई समेत सहयोग गर्दै आएको छ ।
