भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

कर्णाली प्रदेशका सबै नाका सिल…

कर्णाली प्रदेशका सबै नाका सिल…

२२ बैशाख २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण ५ नम्वर प्रदेशको बाँके तर्फ फैलिरहेका बेला कर्णाली प्रदेश एक हप्ता सिल गरिने भएको छ । संक्रमण फैलन नदिन कर्णाली प्रदेश सरकारले सबै नाका सिल गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले कर्णाली प्रदेश छिर्ने सबै नाकाहरु सिल गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बाँके, सल्यान, कैलालीको नाका भएर कर्णाली प्रवेश गर्ने नाकाहरुमा सुरक्षा व्यवस्था कडाइ गरेर चेकजाँच पनि गरिएको छ । प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने प्रदेश सरकारको तयारी रहेको सामाजिक विकास मन्त्री एवं प्रदेश स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले बताए ।

प्रदेशका हरेक जिल्लाका पालिकाका केन्द्र, बजारहरूमा स्वाब संकलन गरी द्रुत परीक्षण पनि गरिने छ । नेपालमा अहिलेसम्म जम्मा ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने १६ जना निको भएर घर फर्किसकेका छन् । अहिले सम्म कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.