भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कर्णाली प्रदेशको राजधानीमा देखियो बर्डफ्लु, सचेत रहन आग्रह

कर्णाली प्रदेशको राजधानीमा देखियो बर्डफ्लु, सचेत रहन आग्रह

काठमाडौं । सुर्खेतको तातोपानीस्थित एक टर्की फार्ममा बर्डफ्लु देखिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित टर्की फार्ममा बर्डफ्लु पुष्टि भएपछि बर्डफ्लु नियन्त्रण समितिको बैठकले टर्की, ब्रोइलर र लोकल कुखुरा नष्ट नष्ट गरेको हो ।

टर्की फार्ममा एक सयभन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौं पठाइएको र केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंले टर्कीमा बर्डफ्लु पुष्टिगरेपछि साना ठूला गरी एक हजार दुई सय ब्रोइलर कुखुराका चल्ला, ८० वटा टर्की र लोकल कुखुरा नष्ट गरेको जनाएको छ । टर्कीमा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले बर्डफ्लु नियन्त्रण समितिको बैठक बसालेरै टर्की, ब्रोइलर र लोकल कुखुरा नष्ट गर्न निर्देशन दिएको थियो ।
के हो बर्डफ्लु ?
बर्डफ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने अति सङ्क्रामक रोग हो । यो रोग सर्वप्रथम सन् १९७८ मा पंक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको हो। बर्ड फ्लू को सङ्क्रमण भेटिएको विश्व को पछिल्लो मुलुक नेपाल हो । नेपाल मा सन् २०१२ मा पहिलोपल्ट यो रोगको पुष्टि भएको थियो ।

इण्डिया, थाइल्याण्ड, भूटान, बङ्गलादेश र इण्डोनेशिया मा एसले विकराल समस्या निम्त्याएको छ । बर्ड फ्लूको भाइरस विशेष गरी कुखुराको मासु, प्वाँख, सिंगान, र्‍याल, सूली, अण्डा, अण्डा राख्ने क्रेट आदिको सम्पर्कबाट सर्दछ ।
सरल भाषामा भन्दा फ्लू भनेको रुघाखोकी हो र बर्डफ्लू भनेको चराहरुको रुघा ।

एभियन इन्फ्लूएञ्जा भाइरसका कारण चराहरुमा ज्यानै जाने तरीकाले यो रोग लाग्छ । यही रोग चराहरुबाट मानिसमा पनि सर्नसक्छ । हावापानीको माध्यमबाट यो भाइरस अत्यन्त द्रूत गतिमा फैलन र धेरैको ज्यान लिन सक्ने भएकाले बर्डफ्लूलाई प्राणघातक रोग मानिएको छ । यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा (Highly Pathogenic Avian Influenza- HPAI)राखिएको छ । एसलाई अझै सजिलोका लागि एचफाइभ एनवान,H5N1 भन्ने नामाकरण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.