भर्खरै : Sorry, your browser does not support inline SVG.

कर्णालीमा कांग्रेसले गर्यो प्रदेश सभा बैठक बहिष्कार

कर्णालीमा कांग्रेसले गर्यो प्रदेश सभा बैठक बहिष्कार

२० असार २०७७ सुर्खेत । प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी नेपाली कांग्रेसले बैठक नै बहिष्कार गरेको छ । आजको बैठकमा कांग्रेस सांसदहरू उपस्थित भएनन् । मन्त्रालयगत छुट्टाछुट्टै योजना किताब नआएपछि बैठक बहिस्कार गरेको काँग्रेस नेता जीवनबहादुर शाहीले बताए ।

मन्त्रालय गत अलग अलग रातो किताब बनाउनुपर्ने माग गरेको काँग्रेसले सोही अनुरुप सरकारले बजेट नल्याएपछि बहिष्कार गरेको जनाएको छ । मन्त्रालयको योजना समेटेर प्रदेश सरकारले एउटै किताब सभामा वितरण गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.