भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव, भिआइपीद्वारा शुभकामना

कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव, भिआइपीद्वारा शुभकामना

काठमाडौं । कर्मचारी सञ्चय कोषको ६१ औँ वर्ष प्रवेशको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।

सम्पूर्ण सञ्चयकर्ता तथा निवृत्तिभरण योजनाका योगदानकर्ताका कारण कोष सम्पूर्ण कर्मचारीहरूको लागि सहयोगीको रूपमा स्थापित भएको देउवाले बताए । हाल सञ्चय कोषमा पाँच लाख ५५ हजार योगदानकर्ता रहेका छन् भने २७ हजार ८ सय योगदानकर्ता कार्यालय रहेका छन् ।

निवृत्तिभरण कोष योगदानकर्तामा ४५ हजार ८ सय ५० र योगदानकर्ता कार्यालय १ हजार ९ सय ५० रहेका छन् । सञ्चयकर्ताकै कारण देशको अर्थतन्त्रमा सहयोग पुगेकोले नयाँ योजनाहरू साथ अझै प्रभावकारी सेवा दिँदै अघि बढ्न प्रधानमन्त्री देउवाले सूझाव दिएका छन् ।

कोषको कामको सन्तुष्टि प्रति सदैव समर्पित रहने सङ्कल्पसहित कोषका सेवा तथा सुविधालाई थप गुणस्तरीय र दिगो बनाउने प्रतिबद्धता कोषका निमित्त प्रशासक जितेन्द्र धितालले गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.