नुवाकोट । सरकारको प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म निभाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।
गृह जिल्ला नुवाकोटमा पत्रकारसँग कुरा गर्दै लोहनीले सत्तामा बसेकाले इमानदारीपूर्वक काम नगर्दा प्रतिपक्षले सत्ता पक्षलाई सहि बाटोमा ल्याउन नसकेको जिकिर गरे। ४८ सालको राजनीतिक परिवर्तनपछि माओवादीको आन्दोलन विकल्पको रूपमा आयो ।
समाधानपछि नयाँ संविधान आयो। संविधान निर्माणपछि देश नयाँ राजमार्गमा हिँड्यो भनेको अहिले राजमार्ग पनि भत्किएको उनको दावी छ । प्रतिपक्षले विरोध गरेर सही मार्गमा ल्याउन पर्ने हो तर प्रमुख प्रतिपक्ष दल सुतेर बसेकोले यो अवस्था आएको उनकामे भनाई छ ।

