काठमाडौं । नेपाली कांग्रेस प्युठान सभापतिमा विष्णुकुमार गिरी विजयी भएका छन् । सार्वजनिक मतपरीणाम अनुसार गिरिले प्रतिस्पर्धी शिव रिजाललाई ७२ मतान्तरले पराजित गरेका हुन् ।
गिरिको पक्षमा ५ सय ६६ मत खसेको थियो भने रिजालले ४ सय ९४ मतमा चित्त बुझाउनु प¥यो । गौमुखी गाउँपालिका अध्यक्षसमेत रहेका गिरी जनमुखी स्वभावका कारण लोकप्रिय छन् ।
१४औँ जिल्ला अधिवेशनमा सभापतिबाहेक अन्य पदमा सर्वसम्मत भएको छ । कुल १ हजार १ सय ९ मध्ये १ हजार ६५ मत खसेको थियो । विजयी भएका गिरीले जित र हार भन्दा पनि सबैलाई मिलाएर बलियो काँग्रेस बनाउने बताए छन् ।
