भर्खरै : Sorry, your browser does not support inline SVG.

कानूनिवद्सँग परामर्श गर्दै राष्ट्रपति

कानूनिवद्सँग परामर्श गर्दै राष्ट्रपति

काठमाडौं । नागरिकता विधेयकबारे कानूनिवद्सँग आज राष्ट्रपति रामचन्द्र पौडेलले परामर्श गर्दै छन् ।

राष्ट्रपति पौडेलले ​कानुनविद्सँग परामर्श गर्न लागेको सचिवालयले जनाएको छ ।

अघिल्लो सरकारको पालामा सदनबाट पास भएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न मानेकी थिइनन् ।

तर सरकारले यो विधेयक अघि बढाउने निर्णय गरेको छ ।

यता प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले कानुन व्यवसायीहरूसँग विधेयकमा परामर्श गरेका थिए ।

त्यस लगत्तै राष्ट्रपतिले ​कानुनविद्सँग छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.