भक्तपुर । नेपाल मजदुर किसान पार्टी केन्द्रीय सचिव तथा साँसद प्रेम सुवालले अमेरिकामा देखिएको भाइरस चीनले सार्वजनिक गरेको बताएका छन् । सबै भन्दा पहिले कोरोना भाइरस (कोभिड–१९) अमेरिकामा देखिएको भन्दै उसले लुकाएको दावी गरे ।
पछि चीनमा देखिएको र चीनले सार्वजनिक गर्दै विश्वभर सचेत र सजग रहन आग्रह गरेको बताए । चीनले सार्वजनिक गर्ने वित्तिकै अमेरिकाले चीनलाई आरोप लगाएर घृणाको रुपमा हेरेको बताए । समाजवादी देशले काेराेना नियन्त्रणमा सदा लागिरहे भन्दै अमेरिकी राष्ट्रपति उल्टै गरिबमारा बनेर लकडाउन नगरेकाे बताए ।
अहिले ट्रम्प काेराेना संक्रमित भएकाे र बल्ल जनताका अगाडि शिर झुकाएकाे जिकिर गरे । काेराेना नियन्त्रणका लागि जिम्मेवार नबन्दा अमेरिकाले धेरै क्षेती ब्यहाेर्नु परेकाे बताए । सबै राष्ट्रमा कोरोना फैलिसकेपछि नेपालमा कोरोना भित्रीएको भन्दै साँसद सुवालले नेपाल सरकारको लापरवाहीले देशभर संक्रमण फैलिएको जिकिर गरे ।
जनताको स्वास्थ्य प्रति सरकार उत्तरदायी नभएको भन्दै उनले गरिब जनता आफै सचेत भएर कोरोनाबाट जोगिनु पर्ने बताए । सरकारको भर परेमा क्षेती मात्र हुने बताए । नेपाल कर्मचारी समाज, जिल्ला समिति, भक्तपुरको आयोजनामा साेमवार भएको भर्चुअल मिटिङ्गमा सांसद सुवालले यस्तो खुलासा गरेका हुन ।
कोरोना महामारीले पारेको प्रभावका बारेमा सहभागिले आआफ्नो धारणा राखेका थिए । भक्तपुरमा जनघनत्व बढीभएकाले संक्रमण झन फैलनसंक्ने प्रति चिन्ता व्यक्त गर्दै भनपाले लिएको नीतिको पालना गर्दै स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर बस्न सबैलाई आग्रह गरिएको थियो ।
