भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

काभ्रेका तीन नगरमा एकीकृत खानेपानी आयोजनाको काम ९७ प्रतिशत 

काभ्रेका तीन नगरमा एकीकृत खानेपानी आयोजनाको काम ९७ प्रतिशत 

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । खानेपानीको समस्याबाट गुज्रिएका काभ्रेपलाञ्चोकका धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सँै घण्टा स्वच्छ खानेपानी पाउने भएका छन् ।तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले दश वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक एडीबीबीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया शुरु गरिएको हो ।

सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको छ । आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउने लगायतका भौतिक पूर्वाधारको काम सम्पन्न भएको आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले जानकारी दिनुभयो । कायस्थका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि हाल पनौतीको शारदादेवी स्थानमा पानी पु¥याइएको छ ।

पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य तथा अन्य पाइपलाइनको परीक्षण गर्ने समय तालिका मिलाउँदै छौँ, त्यसपछि घरमा धारा जडानका लागि अपिल गर्ने योजना छ ।” आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा नयाँ खानेपानीको पाइपजडान गर्ने ९इन्टर कनेक्सन० गरिनेछ ।

तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले खानेपानी अयोजनाको काममा ढिलाइ भएको बताइएको छ । आयोजनाअनुसार क्षति पु¥याएका नगर र विभागले नै बनाइदिने छन् । तीन नगरमा एक हजार ११४ इन्टर कनेक्सन गर्नुपर्नेमा हाल ६०० भन्दा बढीमासो काम भइसकेको आयोजनाले जनाएको छ । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानको कामसमेत बाँकी छ ।

चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इङ्कले एक महिनाभित्र काम सकाउने जनाएको छ । आयोजना सम्पन्न भएपछि सन् विसं २०२४ सम्मको लागि तीन नपाका करिब ९३ हजारको लागि ‘नेपाल स्टायण्डर्ड’को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउने जनाइएको छ । “अबको केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद् विषय बन्नेछ”, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भन्नुभयो ।

उहाँका अनुसार विविध कारणले आयोजनाको काम केही वर्ष धकेलिएको हो । यस आयोजनालाई तत्कालीन अवस्थामा एडीबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो । आयोजनाको कूल लागत भ्याट बाहेक रु ९९ करोड ८ लाख ७ हजार ८२१ रहेको छ ।

आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली विकास बैंकवाट अनुदान, ३५ प्रतिशत रकम नगर विकास कोषबाट ऋण विसं २०६९ असारमा लिइएको छ । बाँकी १५ प्रतिशत रकम भने तीनवटै नगर र स्थानीय उपभोक्ताबाट ब्यहोरिने छ । वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनवटै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.