भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु |

कालीमाटी बजारमा गोलभेँडाको कारोबार सामान्य, किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य

कालीमाटी बजारमा गोलभेँडाको कारोबार सामान्य, किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य

काठमाण्डौ । काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा सोमबार गोलभेँडाको कारोबार सामान्य रुपमा भइरहेको छ । सोमबार कालीमाटीबाट पोखरा, नारायणगढलगायत सहरमा पनि गोलभेँडा पठाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । हिजो मूल्य नपाएको भन्दै किसानसहित व्यापारीले गोलभेँडा फालेर विरोध गरेका थिए ।

आज भने बिहानैदेखि सामान्य रुपले गोलभेँडाको कारोबार भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा आज हिजो भन्दा गोलभेँडा कम भित्रिएको छ । हिजो ९५ टन गोलभेँडा भित्रिएकोमा आज ८६ टन मात्रै भित्रिएको छ । भाउ भने हिजो र आज एउटै छ । हिजो पनि नेपाली टनेलको सानो गोलभेँडा किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य थियो भने आज पनि मूल्य उही छ । सलादमा प्रयोग हुने ठूलो गोलभेँडा भने किलोको ३० देखि ४० रुपैयाँ थोक मूल्य छ ।

गोलभेँडाको माग र आपूर्तिको सन्तुलन नमिल्दा सस्तो भएको कालीमाटीका थोक बिक्रेता भगवानचन्द्र उप्रेतीले बताउनुभयो । उत्पादन धेरै हुँदा अहिले मागभन्दा पनि आपूर्ति धेरै भएको छ । जसले गर्दा भाउ सस्तो भएको छ । बजार भारतीय गोलभेँडाले ओगटेको आरोप लागिरहँदा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने यसको खण्डन गरेको छ ।

बजारमा अहिले तरकारी र अचारमा प्रयोग हुने भारतीय गोलभेँडा नआएको समितिका सूचना अधिकारी विनय श्रेष्ठको दाबी छ । सलादमा प्रयोग हुने ठूलो गोलभेँडा मात्रै भारतबाट आइरहेको उहाँको भनाइ छ । कालीमाटी बजारमा काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवनलगायत जिल्लाबाट गोलभेँडा भित्रिएको पनि उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.