भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

उपत्यकामा ७५५ कोरोना संक्रमित थपिए, मृतकको संख्या ४५३ पुग्यो

उपत्यकामा ७५५ कोरोना संक्रमित थपिए, मृतकको संख्या ४५३ पुग्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा ७५५ संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा काठमाडौँमा ६०९ सहित उपत्यकामा ७५५ संक्रमित थपिएका हुन् । काठमाडौँमा २२९ महिला र ३८० पुरुषमा कोरोना देखिएको छ । भक्तपुरमा १२ महिला र ३९ पुरुषसहित ५१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ३८ महिला र ५७ पुरुषसहित ९५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको जनाएको छ । आज ४५७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संखया ५० हजार ४११ पुगेको छ ।

मृतकको संख्या ४५३ पुग्यो
वितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । यसअघि बुधाबार ७ जनाको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.