भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

कित्ताकाट रोकिदा मालपोत कार्यालयमार्फत हुने राजस्व संकलन न्यून

कित्ताकाट रोकिदा मालपोत कार्यालयमार्फत हुने राजस्व संकलन न्यून

ताप्लेजुङ । तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व संकलनकमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत संकलन हुने राजस्वमा कमी आएको हो ।जग्गाको कित्ताकाट रोकिँदा संकलन हुँदै आएको राजस्वमा कमी आएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा मालपोत कार्यालयले रु ९७ लाख ९२ हजार चार सय ९३ राजस्व संकलन गरेको थियो । चालु आवको सोही अवधि अर्थात् फागुन मसान्तसम्ममा ८६ लाख ४७ हजार सात सय ११ मात्रै राजस्व संकलन गरेको छ । चालु आवको फागुन मसान्तसम्ममा राजस्व संकलन ११ लाख ४४ हजार सात सय ८२ ले कमी देखिएको छ ।

मालपोत कार्यालयले गत आवभरमा जग्गा रजिस्ट्रेसनबाट कुल एक करोड ४४ लाख ७३ हजार सात सय ५० राजस्व संकलन गरेको थियो । उक्त रकम बराबर राजस्व संकलन गर्दाको लिखत सङ्ख्या दुई हजार १० रहेको छ ।

मालपोत कार्यालय प्रमुख निर्मल शेर्पाले समयमा जग्गाको वर्गीकरण नभएका कारण कित्ताकाट रोकिँदा राजस्वमा संकलनमा कमी आएको बताए । जिल्लाका स्थानीय तहहरूले तोकिएको समयभित्र जग्गाको वर्गीकरण नगरेका कारण राजस्व संकलनमा कमी आउनुका साथै जग्गासम्बन्धी कारोबार गर्ने सेवाग्राहीसमेत प्रभावित भएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.