भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

किसानलाई ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा र बङ्गुरका पाठा

किसानलाई ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा र बङ्गुरका पाठा

कैलाली । टीकापुर नगरपालिकाले यस वर्ष किसानका लागि भैँसीका पाडापाडी र बङ्गुरका पाठा कार्यक्रम ल्याएको छ । मासुमा आत्मनिर्भर बनाउन यस्तो कार्यक्रम ल्याएको हो ।

किसानलाई ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा र बङ्गुरका पाठा किनेर दिने नगरपालिकाले जनाएको छ । ७५ प्रतिशत नगरपालिकाको लगानी र २५ प्रतिशत किसानको लगानीमा यो कार्यक्रम लागुहुने छ ।एकजना किसानलाई १० भन्दा बढी भैँसीका पाडा र बङ्गुरका पाठा दिने टीकापुर नगरपालिकाका पशु अधिकृत श्यामराज पाण्डेले बताए ।

पाडापालन गर्ने किसानलाई नगरपालिकाले घाँस, उपचार र प्राविधिक ज्ञानसमेत उपलब्ध गराउनेछ । अहिले यो कार्यक्रम नेपालका चार ठाउँमा मात्रै लागू भएको छ । सङ्घीय सरकारको सहयोगमा सञ्चालित पाडा हुर्काउने कार्यक्रम पनौती, रोल्पा, पोखरा र टीकापुरमा स्वीकृत भएको हो ।

 


Thali Mobile Pvt.Ltd.