भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कीर्तिमानसहित सिटी क्वाटरफाइनलमा

कीर्तिमानसहित सिटी क्वाटरफाइनलमा

एजेन्सी । एफए कप फुटबलको क्वाटरफाइनलमा  म्यानचेस्टर सिटी प्रवेश गरेको छ ।  च्याम्पियनसिप क्लब स्वान्सी सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै  बुधबार राति भएकाे खेलमा सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो । स्वान्सीको मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक एक गोल गरे । स्वान्सीका मोर्गन ह्वाइटकरले एक गोल फर्काए । खेलको ३० औं मिनेटमा वाल्करले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ४७ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि सिटीको अग्रता २-० को बन्यो । ५० औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा स्वान्सीका मोर्गनले एक गोल फर्काएपनि सिटी ३-१ ले विजयी भयो ।यससँगै सिटीले सबै प्रतियोगितामा गरि लगातार १५ खेलमा जित निकाल्ने टोलीको कीर्तिमान बनाएको छ ।

सिटीले सन् १९८७/८८ को सिजन आर्सनलले बनाएको १४ जितको कीर्तिमान भङ्ग गरेको हो । लेष्टर सिटीले ब्राइटनलाई १-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ । लेष्टरको जितमा केलिचीले निर्णायक गोल गरे ।

 


Thali Mobile Pvt.Ltd.