भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

कुखुरा फार्ममा आगलागी

कुखुरा फार्ममा आगलागी

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आज कुखुरा फार्ममा आगलागी हुँदा ६ सय ३० कुखुरा जलेर मरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ कट्टी टोलस्थित सङ्गीता कृषि फार्ममा बिजुलीको तार सर्ट भई सल्किएको आगोले ६ सय ३० कुखुराको चल्ला मरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुखुराको फार्मसहित ६ सय ३० कुखुराको चल्ला, २० बोरा दाना, पङ्खाहरु जलेर नष्ट हुँदा करिब रु ६ लाख मूल्य बराबरको क्षति भएको बताए । वारुणयन्त्र जाने बाटो नहुँदा आगो निभाउन वारुणयन्त्र पुग्न नसकेको कृषि फार्मका सञ्चालक चन्द्रभूषणकुमार सिंहले राजन जानकारी दिए। प्रहरीको सहयोगमा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.