कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ४७३ जनाको स्वाब परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरूष गरी थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याछ ।

प्रदेश १
इलामका एक जना, उदपयुरका ३ जना, ‍ओखलढुंगाका २ जना, झापाका ७ जना, मोरङका ३५ जना र सुनसरीका २० जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश २
धनुषाका ७ जना, पर्साका १० जना , बाराका १३ जना, महोत्तरीका २६ जना, सप्तरीका २० जना, सर्लाहीका १७ जना र सिरहका ४१जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेश
काठमाडौंका ३२६ जना, काभ्रेका ६ जना, चितवनका ४५ जना, दोलखाका ६ जना, धादिङका १० जना, नुवाकोटका एक जना जना, भक्तपुरका ४५ जना, मकवानपुरका ३५ जना, रामेछापका ५ जना, ललितपुरका ३७ जना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश
कास्कीका २३ जना, गोरखाका १७ जना, तनहुँका ३ नवलपरासी पूर्वका ५ जना, पर्वतमा एकजना, लमजुङका २२ जना, बाग्लुङका ६ जना र स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५
अर्घाखाँचीका एकजना, कपिलवस्तुका एकजना, गुल्मीका ६जना, दाङका ३९ जना, नवलपरासीका १३ जना, पाल्पाका ३ जना,प्युठानका एकजना, बर्दियाका ७ जना, बाँकेका ६२ जना, रुपन्देहीका ७१ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश
जाजरकोटका ३ जना, दैलेखका ३ जना, सल्यानका २ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश
कंचनपुरका ५ जना, कैलालीका ४ जना, डडेल्धुराका एकजना, डोटीका २ जना र बझाङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप ९ को मृत्यु
९ जनासंक्रमितको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार पछिल्लो २४ घण्टामा अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।

मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिलाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

यस्तै पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.