दार्चुला । चीनसँग लद्दाखमा सवक खाईसकेपछि त्यसको तनावले भारतले अहिले नेपाली सीमा क्षेत्रमा दादागिरी मचाईरहेको छ । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको बढाउनुका साथै त्रिदेशीय सीमानजिकको नेपाली भूमिमा बाक्लो उपस्थिति जनाएको छ ।
चीनसँग बारमबार हार व्यहोरीरशेको भारतले यता नेपाली भूमिमा थिपनि आँखा गाडिरहेको छ । लद्दाखमा तनाव बढेसँगै भारतले ३/४ दिनयता कालापानी र लिपुलेक क्षेत्रमा अर्द्धसैनिक बल एसएसबी, भारत–तिब्बत बोर्डर पुलिससँगै सेनासमेत परिचालन गरेको छ । उत्तराखण्ड राज्यको पिथौरागढ–धार्चुला हुँदै सुरक्षा फौजका गाडीहरू ‘अग्रिम मोर्चा’ तर्फ गइरहेका छन् ।
यसका साथै भारतीय वायु सेनाका हेलिकप्टर र विमानले हवाई गस्ती तीव्र बनाएको छ । एक साता देखि दार्चुलाको व्यास क्षेत्रमा भारतीय वायु सेनाको जेट लडाकु विमानले दैनिक चाररपाँच पटक उडान भर्ने गरेका छन् । जेट फाइटर र ठूला हेलिकप्टरबाट नेपाली भूमि प्रयोग गरेर यस्ता हर्कत गरिरहेको छ ।
भारतीयले यस्तो गरेपछि चीनले पनि आफ्नो सीमानजिक सैनिक गतिविधि बढाउन थालेको छ । माथिल्लो कौवा क्षेत्रको आकाशमा सधैंजसो उडान भइरहेको कौवाका स्थानीयले बताए । धूवाँको मुस्लो छाड्दै आफ्नो क्षेत्रमा लडाकु विमान तारन्तार उड्न थालेपछि स्थानीय आशंकित र त्रसित भएका छन् ।
