भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

कुवेतमा १४ नेपाली अलपत्र, दूतावास बेखबर

कुवेतमा १४ नेपाली अलपत्र, दूतावास बेखबर

दोहा । आठ महिनाअघि कुवेत पुगेका १४ जना नेपाली कामदार अलपत्र परेका छन् । बाइक राइडर अर्थात् डेलिभरी ब्वाइको कामका लागि कुवेतको मेगा अवल्टिनीया कम्पनीमा पुगेका उनीहरु अलपत्र परेका हुन् । म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति दुई लाख ५० हजारदेखि तीन लाख लिएर राम्रो कमाई हुने भन्दै कुवेत पठाएको थियो ।

तर कुवेतमा आठ महिनासम्म पनि उनीहरुले काम नपाएपछि दुतावाससंग गुनासो गरे । काम नपाएपछि उनीहरुलाई त्यहाँ बस्न र खानकै समस्या भएको उनीहरुले बताएका छन् । दुई महिनासम्म पनि कम्पनीले काम नदिएपछि नेपाल जान्छौं भनेको पीडितमध्ये एक रेमन तामाङ भने ।

‘हामी लामो समय काम तथा बिना तलव कोठामा बन्दी सरह भएर बसेका छौं। यहाँ राम्रो आम्दानी हुन्छ भनेर नेपालमा बैंकबाट चर्को ब्याजदर ऋण काढेर यहाँ आएका छौं। घर परिवारले हामीसँगै अपेक्षा गरेको छ,’ अर्का एक पीडितले भने, ‘हामी यहाँ रहरले घुम्न आएका होइनौं।

बाध्यताले आएको हो, काम दिलाउन नसके हामीलाई उद्धार गर्नुहोस हामी यहाँ बन्दी भएर बस्न सक्दैनौं।’ कम्पनीले दुई महिना काम दिएर फेरि अहिले कामबिहीन बनाएर राखेको पीडितको भनाइ छ । अहिले पाँच जनालाई काम दिएको र बाँकी ९ जनालाई कोठामै राखेको उनीहरु बताउछन् ।

उता आफूहरुलाई पठाउने म्यानपावरलाई पटक– पटक सम्पर्क गर्दा कुनै वास्ता नगरेको उनीहरुले बताए । उनीहरुले आफूहरुको समस्या नेपाल सरकारलगायत सम्बन्धित निकायसम्म पुर्याइदिन र आफूहरुलाई सकुशल उद्धार गरिदिन संचार माध्यममार्फत अनुरोध गरेका छन् ।

उता उनीहरुले चार पटक कुवेतस्थित नेपाली दूतावासमा पुगेर गुनासो गरेको तर सुनवाइ नभएको बताएका छन् । नेपाल फिर्ता पठाइदिन दूतावासलाई धेरै पटक गुहारे गरिसकेको तर दूतावासले कुनै सहयोग नगरेको आरोप उनीहरुको छ ।

यता, दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन। यो विषयमा पटक पटक बुझ्न खोज्दा सम्पर्क हुन् सकेको छैन। केही समय काम नपाएको भने म्यानपावर कम्पनीका सञ्चालकले स्वीकार गरेका छन् ।

रेमन तामाङ, गगन राई, दिलिप यादव, मुक्ती चौधरी, निर्मल धन राई, बद्री राम, सुरज पुन मगर, अर्जुन कामी, रजन यादव, रवि गुरुङ, सरोज राम्तेल, राज चम्लिङ राई, सुबश तामाङ, राम चन्द्र सार्की अलपत्र परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.