भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

कैलालीमा मतगणना गरिँदै

कैलालीमा मतगणना गरिँदै

कैलाली । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु हुने भएको छ ।

सर्वदलीय÷सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार अबेर रातिसम्म मतदान केन्द्रका मटपेटिका मतगणनास्थलसम्ममा पु¥याएर निर्वाचन अधिकृतको कार्यालयलाई बुझाउने काम भएको थियो ।

निर्वाचन क्षेत्र १ को टीकापुर, क्षेत्र २ को लम्की, क्षेत्र ३ को सुख्खड, क्षेत्र ४ को अत्तरिया र क्षेत्र नं को धनगढीमा मतगणना गर्ने तयारी छ ।

प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकोमा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.