भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

कोटेश्वर–जडीबुटी सडक कालोपत्रे पुस भित्र सकिने

कोटेश्वर–जडीबुटी सडक कालोपत्रे पुस भित्र सकिने

काठमाडौं । कोटेश्वर–जडीबुटी सडक विस्तार कार्य आगामी पुस मसान्तभित्रै सकिने भएको छ । कोटेश्र–जडीबुटीको दाहिनेतर्फ ४ सय मिटर र द्रेवेतर्फ तीन सय मिटर सडक विस्तार गर्ने योजना अघि सारेको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

गत असारमा नै सडक विस्तार कार्य सम्पन्न हुनुपर्नेमा कोरोना कहरले काम प्रभावित भएको थियो । अब आगामी पुस मसान्तभित्रै कोटेश्वर जडीबुटी सडक विस्तार अन्तर्गत दुवैतर्फको सात सय मिटर सडक कालोपत्रे हुने सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सुप्रिम चुडालले बताए ।

इन्जिनियर चुडालले भने, ‘पर्खाल लगाउने काम लगभग सकिएको छ, अबको एक साताभित्रै सिमेन्टेड सबबेस तयार गर्दैछौं, पुस मसान्तभित्रै कालोपत्रे सम्पन्न गर्नेछौं।’

कोटेश्वर जडीबुटी खण्डमा अत्यधिक सवारी जाम भएसँगै सडक चौडा गर्ने योजना अघि सारे उनको भनाइ छ । डिभिजन कार्यालयले यो खण्डको सडक विस्तारको लागि गत पुसमा ठेक्का सम्झौता गरेको थियो।

कोटेश्वर–जडीबुटी तीन लेनको सडक विस्तार गर्ने कामको ठेक्का तुँदी सुसन जेभीले पाएको थियो। कार्यालय र ठेकेदार कम्पनीबीच २०७७ पुस २१ गते सात करोड ८१ लाख लागतमा यो सडक निर्माण गर्ने सम्झौता भएको थियो।

Mohotsav


Thali Mobile Pvt.Ltd.