भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोटेश्वर–जडीबुटी सडक कालोपत्रे पुस भित्र सकिने

कोटेश्वर–जडीबुटी सडक कालोपत्रे पुस भित्र सकिने

काठमाडौं । कोटेश्वर–जडीबुटी सडक विस्तार कार्य आगामी पुस मसान्तभित्रै सकिने भएको छ । कोटेश्र–जडीबुटीको दाहिनेतर्फ ४ सय मिटर र द्रेवेतर्फ तीन सय मिटर सडक विस्तार गर्ने योजना अघि सारेको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

गत असारमा नै सडक विस्तार कार्य सम्पन्न हुनुपर्नेमा कोरोना कहरले काम प्रभावित भएको थियो । अब आगामी पुस मसान्तभित्रै कोटेश्वर जडीबुटी सडक विस्तार अन्तर्गत दुवैतर्फको सात सय मिटर सडक कालोपत्रे हुने सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सुप्रिम चुडालले बताए ।

इन्जिनियर चुडालले भने, ‘पर्खाल लगाउने काम लगभग सकिएको छ, अबको एक साताभित्रै सिमेन्टेड सबबेस तयार गर्दैछौं, पुस मसान्तभित्रै कालोपत्रे सम्पन्न गर्नेछौं।’

कोटेश्वर जडीबुटी खण्डमा अत्यधिक सवारी जाम भएसँगै सडक चौडा गर्ने योजना अघि सारे उनको भनाइ छ । डिभिजन कार्यालयले यो खण्डको सडक विस्तारको लागि गत पुसमा ठेक्का सम्झौता गरेको थियो।

कोटेश्वर–जडीबुटी तीन लेनको सडक विस्तार गर्ने कामको ठेक्का तुँदी सुसन जेभीले पाएको थियो। कार्यालय र ठेकेदार कम्पनीबीच २०७७ पुस २१ गते सात करोड ८१ लाख लागतमा यो सडक निर्माण गर्ने सम्झौता भएको थियो।

 


Thali Mobile Pvt.Ltd.