भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरोना कहर विश्वका १ सय ७१ देशमा फैलियो

कोरोना कहर विश्वका १ सय ७१ देशमा फैलियो

काठमाडाैं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विश्वका १ सय ७१ देशमा फैलिएको पाइएको छ । यो भेरियन्ट अझै तीव्र गतिमा फैलिने क्रममा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तथ्यांक सार्वजनिक गरेको हो । डब्लुएचओको नयाँ रिपोर्टअनुसार यसअघि सङ्क्रमित भइसकेकाहरुलाई ओमिक्रोनको पनि सङ्क्रमण भएको जनाइएको छ ।

सङ्क्रमण फैलिँदै गएपछि चीनको फेङ्गताइ जिल्लामा सिल गरिएको छ । यो जिल्लालाई अत्यधिक जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ । ओमिक्रोनबाट गम्भीर बिरामी हुने खतरा कम भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई भने यसको नराम्रो असर पर्ने र ज्यान समेत जान सक्ने खतरा रहेको डब्ल्यूएचओले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.