भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोरोना खोप अभियान स्थगित

कोरोना खोप अभियान स्थगित

काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाँकी रहेको एक लाख डोज खोप छुटेका र कम जनसंख्या भएका हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई दिइनेछ। अन्यत्रको नियमित अभियान भने हाललाई रोकिएको हो। बुधबारसम्म नेपालमा १६ लाख ५० हजारजनाले खोप लिइसकेका छन् ।

बाँकी ५ लाख ५० हजार खोप पहिलो चरणमा माघ १४ देखि फागुन १० भित्र लिएकालाई दोस्रो डोज दिन राखिएको हो। कोभ्याक्सले दिने १९ लाख, भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरी ल्याउने १० लाख, फेरि खरिद गरिने ५० लाख तथा चीनबाट आउने ८ लाख डोज खोपबाट अभियान जारी राख्ने सरकारले जनाएको थियो।

 


Thali Mobile Pvt.Ltd.