भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

कोरोना संक्रमण हुनबाट जोगिन भिटामिन डी लिन डाक्टरको सुझाव

कोरोना संक्रमण हुनबाट जोगिन भिटामिन डी लिन डाक्टरको सुझाव

काठमाडौं । अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भिटामिन डी लिन सुझाव दिएका छन् । भिटामिन ‘डी’ ले कोरोना संक्रमण हुनबाट बचाउन सक्ने भएकाले फाउचीले भिटामिन डि लिन सुझाव दिएका हुन । भिटामिन डिले मृत्युको सम्भावना घटाउने अध्ययनले पत्ता लगाए लगत्तै बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भिटामिन ‘डी ‘को कमी भएकाहरुलाई भिटामिन डी लिन सुझाव दिएका हुन ।

भिटामिन डीको प्राथमिक श्रोत सूर्यको किरण हो भने साल्मन, टुना जस्ता माछाबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ । च्याउ र दुधपनि भिटामिन डीको श्रोत मानिन्छ । अमेरिकामा ५० प्रतिशत बालबालिका र ३५ प्रतिशत बयस्कहरुमा भिटामिन डीको कमी भएको अध्यनले देखाएको फाउचीले बताए ।  रगतमा ३० नानोग्राम प्रति मिलिलिटर भिटामिन डीको मात्रा हुने व्यक्ति कोरोना संक्रमण भएपनि बेहोस हुने, मृत्यु हुने, रगतमा अक्सिजनको कमी हुने जस्ता समस्या कम देखिएको अनुसन्धानले पुष्टी गरेको छ । अध्ययनले प्रयाप्त भिटामिन डी भएको व्यक्तिमा कोरोना संक्रमणबा कारण जटिलता आउने समस्या कम देखिएको प्रत्यक्ष प्रमाणहरु प्रदान गरेको छ ।

भिटामिन डि पाइने स्रोतहरु के के हुन 

सुर्यको किरण भिटामिन डि को स्रोतमा एकदम राम्रो स्रोत मानिन्छ । सुर्यको प्रकाश छालामा पुगे पछि भिटामिन डि पैदा गर्दछ । बिहानको झुल्के घाममा ३० मिनेट बस्दा शरिरले भिटामिन डि प्राप्त गर्छ । माछा,तेल, हरियो सागपात, कलेजो, दुध, दहि, ध्यू, अन्डाबाट भिटामिन डि प्राप्त गर्न सकिन्छ । भिटामिन डि को कममीले मानिसको शरिरको हाड कमजोर हुने घुडाँ खिइने, खुट्टा दुख्ने, बाथ हुने, मधुमेह जस्ता रोगहरु लाग्ने भएकाले भिटामिन डिको आवश्यक प्रयोग गर्न डाक्टरहरुले सल्लाह दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.