भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

क्यासिनोले अझै १ अर्ब १२ करोडको रोयल्टी तिर्न बाँकी

क्यासिनोले अझै १ अर्ब १२ करोडको रोयल्टी तिर्न बाँकी

काठमाडौं । क्यासिनो तथा मिनी क्यासिनोहरूले सरकारलाई १ अर्ब १२ करोड रुपैयाँ रोयल्टी अझै तिर्न बाँकी छ। सञ्चालनमा रहेका ७ कम्पनीअन्तर्गत सञ्चालित १५ वटा क्यासिनोको रोयल्टी उठ्न बाँकी रहेको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बताए।

सरकारले काठमाडौंस्थित होटल याक एन्ड यती परिसरमा सञ्चालित रोयल क्यासिनो बन्द गर्न निर्देशन दिएको छ। २०७० सालमा जारी भएको क्यासिनो नियमावलीले पुराना इजाजतपत्र पाएको कम्पनीले नियमावली सुरु भएको ९ महिनाभित्र तोकिएका मापदण्ड पूरा गरेर निवेदन दिन भनेको थियो।

तर, याक एन्ड यतीले ८ वर्षदेखि निवेदन पनि नदिएको र रोयल्टी पनि नबुझाएको हो। उक्त क्यासिनोले ४२ करोड रुपैयाँ रोयल्टी र नवीकरण शुल्क तिरेको थिएन। यस्तै ह्याप्पी आवरलाई पनि होटल तथा त्यसमा सञ्चालित क्यासिनो बन्द गर्न निर्देशन दिइसकेको छ। उक्त कम्पनीले रोयल्टीबापत करिब ३८ करोड तिर्न बाँकी छ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स नै खारेज गर्ने चेतावनी दिएका थिए। त्यसपछि १७ कम्पनीले बक्यौता बुझाएका छन्। हाल इजाजतपत्र प्राप्त २४ कम्पनी सञ्चालनमा छन्। माघ मसान्तसम्म क्यासिनो बक्यौता १ अर्ब ९० करोडभन्दा बढी थियो।

हरेक आर्थिक विधेयकमा क्यासिनो सञ्चालनबापत सरकारलाई राजस्व बुझाउने उल्लेख छ।नयाँ आर्थिक वर्षको पहिलो दुई महिनाभित्र राजस्व तिरे जरिवाना नलाग्ने व्यवस्था छ। त्यसपछिको ३ महिनाभित्र १५ प्रतिशत थप र मंसिरसम्म पनि तिर्न नआए ३० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था छ। तर, कतिपय क्यासिनोहरूले २०७१ देखि नै राजस्व बुझाएका छैनन्।

तिर्न बाँकी क्यासिनो
– होटल टाइगर, रुपन्देही
– होटल सांग्रिला, काठमाडौं
– होटल ओपेरा, महेन्द्रनगर
– होटल भिसुवा, वीरगन्ज
– होटल रत्ना, विराटनगर
– होटल प्लाटिनम, काठमाडौं
– होटल स्वीटड्रिम, महेन्द्रनगर
– होटल लाकौला, भैरहवा
– होटल ढाका, काँकटभिट्टा
– होटल याक एण्ड यती, दरबारमार्ग
– होटल साथी धनगढी
– होटल सुरज, वीरगन्ज
– होटल बोकी रेडसन, भैरहवा
– होटल रियाज, काकटभिट्टा
– ओरियन्टल होटल (होटल ¥याडिसन)

 


Thali Mobile Pvt.Ltd.