१९ असार २०७७ आठबीस, राकम । दैलेखकाे आठबीस नगरपालिका वडा न ७ का प्रेम चन्द खुकुरी प्रहारबाट घाईते भएका छन् । घाईतेको अहिले कर्णाली प्रदेशको कालागाँउ अस्पतालमा उपचार भैरहेको छ ।
टेण्डरको विषयलाई लिएर विवाद भएको र फेरी मिलापत्र गरिसकेको तर हिजो उक्त विषयमा छलफल गर्नु छ भनेर बोलाएको भन्दै मोटरसाईकलबाट झर्न नपाउदै एक्कासी एक युवाले खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् । खुकुरी प्रहारबाट गम्भिर घाईते भएका चन्दको टाउको, ढाड र पेटमा चोटलागेको छ ।
भिडियाे हेर्न यहाँ थिच्नुहाेस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/199858221363735/
खुकुरी प्रहार गर्नेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरीकार्यालयमा बुझाएकोे राकम प्रहरीले बताएको छ । दोषीलाई कारवाहीको माग गर्दै युवाको समूहले नारा जुलुशसहित अहिले आठबीस नगरपालिका घेराउ गरेका छन् ।
विवाद के कारणले भयो भन्ने कुरा आफुलाई थाह नभएको तर अहिले नगरपालिका कार्यालयमा तालाबन्दी गरेर घेराउ गरेको प्रमुख प्रशासकीय अधिकृत युवराज न्यौपानेले बताए ।
‘भेटलास’ भन्ने प्रकाश माझीले मोटरसाईकलमा रहेका चन्दलाई खुकुरी प्रहार गरेको प्रशासकीय अधिकृत न्यौनेले बताए । टेण्डरकाे विषय भएपनि खास विवाद के कारणले भयो भन्ने कुरा अनुसन्धानबाट खुल्ने न्याैपानेले बताए ।