भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

खोलामा डुबेर २ बालकको मृत्यु

खोलामा डुबेर २ बालकको मृत्यु

दाङ । लमहीस्थित अर्जुन खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ । लमही नगरपालिका ६ स्थित अर्जुनखोलामा मंगलबार दिउँसो पौडी खेल्न गएका लमही ४ अर्नहवाका १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको डुबेर मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल नं ४१ दाङका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालका अनुसार दिउँसो पाँच जना साथीहरू नुहाउन गएका मध्ये दुई जनाको मृत्यु भएको हो ।

घटना भएलगतै सशस्त्र प्रहरी बल नेपाल–४१ नम्बर रिजर्भ गण अर्जुनखोलाको टोली खोजी तथा उद्धारमा खटिएका थिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.