गठबन्धनलाई पराजित गर्न भक्तपुर २ बाट बस्नेतलाई सर्वसम्मत सिफारिस

गठबन्धनलाई पराजित गर्न भक्तपुर २ बाट बस्नेतलाई सर्वसम्मत सिफारिस

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनका लागि राजनैतिक दलहरुले उम्मेदवार छनोटको कार्यलाई तीब्रता दिएका छन् ।

यसैबीच नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत भक्तपुर क्षेत्र नं. २ बाट सर्वसम्मत उम्मेदवार चयन भएका छन् । नेता बस्नेतले ०७४ को निर्वाचनमा कांग्रेसलाई पराजित गराएका थिए । उम्मेदवारको टिकटका लागि निर्मल भट्टराई लगायत अन्य नेताहरुले इच्छा व्यक्त गरेपनि निर्वाचन क्षेत्रीय कमिटीले बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेकाे नेकपा एमाले भक्तपुरले जनाएको छ ।

राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भुमिका निर्वाह गर्नु र गलत मनसायको गठबन्धनलाई परास्त गर्न आफुले उम्मेदवारमा दावी गरेको नेता बस्नेतले बताए । भक्तपुरका लागि मात्र नभई मुलुककै राजनीतिक मियो सुधार्न एमालेले विश्वास गरेर टिकट दिनेमा ढुक्क भएको उनको जिकिर छ ।

गठबन्धनलाई भक्तकाउन बस्नेत बाहेकको विकल्प नभएको एमाले नेताहरुले बताएका छन् । नेता बस्नेतले अबको नेतृत्व गरे भक्तपुर नमुना बन्ने नगरअध्यक्ष रविन्द्र सापकोटाले बताए ।

बस्नेत विजयी हुन भनेको विकास र समृद्धिले भक्तपुरको मुहार फेरिने सापकोटाको धारणा छ । सोही अनुसार पुनः बस्नेतलाई नै सर्बसम्मत सिफारिस गरिएको बताए ।

 


Thali Mobile Pvt.Ltd.