भर्खरै : Sorry, your browser does not support inline SVG.

गलत प्रतिवेदन दिएर चार लाख ६६ हजार रुपैयाँ हिनामिना

गलत प्रतिवेदन दिएर चार लाख ६६ हजार रुपैयाँ हिनामिना

काठमाण्डौ । रोल्पामा १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । रोल्पाको गंगादेव गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिता घर्ती र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

भ्रष्टाचारको आरोप लाग्नेहरूमा घर्ती र यादवसहित योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सबइन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगी छन् ।

सोलार पम्पिङको खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले वास्तविक भएको कामभन्दा बढी काम गरेको भनी गलत प्रतिवेदन दिएर चार लाख ६६ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ । वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका विक, गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.