भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

गाउँघरमा चहलपहल बढ्दो, सहर बजार सुनसान बन्दै

गाउँघरमा चहलपहल बढ्दो, सहर बजार सुनसान बन्दै

काठमाण्डौ । काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु घर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको छ । गएको २८ गते अग्रिम टिकट बुकिङ शुरु भएदेखि नै सहर बजारमा रहेकाहरु घर फर्किन थालेका हुन् । विद्यार्थी, कर्मचारी, व्यापारव्यवसाय गरी बस्ने तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर गाउँघर फर्किएसँगै गाउँघरमा चहलपहल बढेको हो ।

फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्त्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । हिजो फूलपातीको दिन एक लाख जनाभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ३० हजारभन्दा धेरै यात्रु बाहिरएका तथ्याङ्क छ ।

घटस्थापनादेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका अनुमान गरिएको छ । गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै सहर, बजारमा चाप घट्न थालेको छ । मानिस र गाडीको सङ्ख्या घट्न थालेको छ । धेरैजसो पसल तथा सटरहरु बन्द छन् ।

 


Thali Mobile Pvt.Ltd.