गाउँपालिकामा ढुंगा खसेर बाटो हिँडिरहेका एकजना घाइते

गाउँपालिकामा ढुंगा खसेर बाटो हिँडिरहेका एकजना घाइते

काठमाडौं । जारकोटमा भूकम्प गए यता झन्डै चारसय परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जाजरकोटमा गत शुक्रबार राती ६ दशमलव ६ म्याग्निच्युडको चार सय परकम्प गएको हो । अपरान्ह ४ बजेर ३१ मिनेटमा गएको उक्त परकम्पले जाजरकोट र रुकुम पश्चिममा थप क्षति पुर्‍याएको छ ।

करीब ४० वटा परकम्प चार म्याग्निच्युड माथिका रहेकोमा सोमवार अपरान्ह ५ दशमलव ८ म्याग्निच्युडको परकम्प गएको हो । कुशे गाउँपालिकामा ढुंगा खसेर बाटो हिँडिरहेका एकजना घाइते भएका हुन । यस्तै रुकुम पश्चिमा थप १० जना घाइते भएका छन् । उनीहरूको जिल्लाकै अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी निरीक्षक धमेन्द्र खड्काले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार भेरी नगरपालिका–४, रानागाउँमा परकम्पले एउटा घर भत्काएको छ भने कुशे गाउँपालिका–५ मा एकजना र भेरी नगरपालिकामा–१ मा एकजना गरी दुईजना घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.