भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाजामा सबैभन्दा ठूलो आक्रमण, ५० लडाकू मारिएको दाबी

गाजामा सबैभन्दा ठूलो आक्रमण, ५० लडाकू मारिएको दाबी

काठमाडौं । हमासबीचको युद्धको आज २६औं दिन । इजरायलले उत्तरी गाजामा रहेको सबैभन्दा ठूलो जबलिया शरणार्थी शिविरमा आक्रमण गरेको छ ।

इजरायली सेनाले यस हमलामा हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारीसहित ५० लडाकू मारिएको दाबी गरेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दर्जनौंको मृत्यु भएको र सयौं घाइते भएको बताएको छ ।

इजरायली सेनाले यस अवधिमा आफ्ना ११ सैनिकले पनि ज्यान गुमाएको बताएको छ ।

गाजाको जबलिया क्षेत्रमा रहेको शरणार्थी शिविर करिब १.४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । आक्रमण हुनुअघि यहाँ करिब १ लाख १६ हजार मानिसले शरण लिएका थिए ।

अर्कोतर्फ इजरायली आक्रमणका कारण गाजामा सञ्चार र इन्टरनेट सेवा फेरि ठप्प भएको छ ।

जसका कारण गाजाका २० लाखभन्दा बढी मानिस संसारबाट विच्छेद भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.