भर्खरै : Sorry, your browser does not support inline SVG.
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह | ध्रुवे हात्तीको भीषण आतंक: घरमै पसेर आमा–छोराको ज्यान लियो, प्रदर्शनपछि ४ बुँदे सहमति | बालेन सरकारको १०० दिन: ११८ अर्ब बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा, भ्रष्टाचारमा कडा एक्सन |

गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ ।

कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ । मन्दिर क्षेत्रलाई थप व्यवस्थित गर्न गुह्येश्वरीमा छुट्टै कार्यालय खोलिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रलाई थप व्यवस्थित गर्न सकिए यहाँ आन्तरिक र बाह्य पर्यटकको भ्रमण बढाउन सकिने विश्वास लिएको कोषले जनाएको छ ।

कोषले विसं २०६८ मा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्न नियमावली जारी गरेको थियो । नियमावलीअनुसार पशुपति क्षेत्रको मुख्य मन्दिरका रुपमा रहेको पशुपतिनाथको भेटीघाटी पारदर्शी भए पनि गुह्येश्वरी, विश्वरुप, चन्द्रविनायकलगायत महत्वपूर्ण मन्दिरको भेटीघाटी व्यवस्थित गर्न अझै नियमावली बन्न सकेको छैन ।

गुह्येश्वरीमा छुट्टै कार्यालय खुलेपछि नियमावली बनाएर यहाँको भेटीघाटी पनि पारदर्शी गर्ने कामलाई प्राथमिकतामा राखिने उहाँले सुनाउनुभयो । यसैगरी चन्द्रविनायक मन्दिर क्षेत्रलाई पनि व्यवस्थित गर्न छुट्टै कार्यालयको स्थापना गरिनुपर्ने चाबहिलका स्थानीयवासी भरत पौडेलले माग गर्नुभयो ।

चन्द्रविनायक मन्दिर क्षेत्रमा रहेको जग्गामा बनेको भवन र सार्वजनिक जग्गालाई व्यवस्थित गर्न पनि यहाँ छुट्टै कार्यालय स्थापना गरिनुपर्ने उहाँको भनाइ छ । चन्द्रविनायक काठमाडौँ उपत्यकाका चार विनायकमध्ये एक हो । यहाँ प्रत्येक हप्ताको मङ्गलबार हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.