काठमाडौं । शुक्रबार राति गैह्रीगाउँमा भएको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा भएको उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ती जनालाई नियन्त्रणमा लिएको हो ।
मृतक परिवारनै तीनकुनेस्थित दिव्य सः मिलमा भित्र काठले बनेको एक तले जस्ताको टहरोमा बस्दै आएका थिए । सोहो टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो।
उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । यसअघि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ। राइले मध्यरातमा प्रहरीलाई खबर गर्न ट्याक्सी चढेर तीनकुने प्रहरी वृत्तमा पुगेको प्रहरीले जनाएको छ।
