भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

गोरखा घुम्ने पर्यटकलाई अब पृथ्वीनारायण शाहको मूर्ति उपहार

गोरखा घुम्ने पर्यटकलाई अब पृथ्वीनारायण शाहको मूर्ति उपहार

गोरखा । गोरखा घुम्ने पर्यटकलाई अब पृथ्वीनारायण शाहको मूर्ति उपहार दिइने भएको छ । गोरखा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखाको पहिचान र चिनारी झल्कने पृथ्वीनारायण शाहको मूर्ति मायाको चिनोका रूपमा दिइने गोरखा नगरपालिकाले जनाएको हो ।

नगरपालिकाले त्यसका लागि पालिका भित्रै मूर्ति बनाउन तालिम दिएको छ । १५ जना महिलाले मूर्ति बनाउन विशिष्ट तालिम लिएका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । स्थानीयको आयआर्जन पनि बढाउने उद्देश्यले तालिम दिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार विशिष्ट तालिम अघि नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको मूर्ति तथा मूर्तिको फ्रेम बनाउन एकमहिने आधारभूत तालिम दिइएको थियो ।

गोरखा आएर फर्कने पर्यटकले गोरखामा उत्पादित तथा गोरखाको इतिहास जोडिएको मायाको चिनो प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मूर्ति बनाउने तालिमको आयोजना गरिएको मेयर रानामगरले बताउनु भयो । तालिमले रोजगारीको अवसरसमेत सिर्जना गरेको बताउँदै रानामगरले यसबाट महिलालाई दैनिक आयआर्जनका साथै आत्मनिर्भरसमेत बनाउने बताउनुभयो । तालिम सञ्चालन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.