भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

गौतम बुद्धको दर्शनका लागि आजदेखि ‘बुद्ध थिएटर फेस्टिभल’ सुरु

गौतम बुद्धको दर्शनका लागि आजदेखि ‘बुद्ध थिएटर फेस्टिभल’ सुरु

काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि सुरु हुने भएको छ ।

वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा काठमाडौंमा हुन लागेको फेस्टिभल चैत १७ गतेसम्म चल्ने छ । फेस्टिभलमा नेपालका ६ नाटकहरु मञ्चन हुने निर्देशक पुस्कर गुरुङले बताए ।

यसअघिका फेस्टिभलमा विदेशी नाटकहरु पनि समावेश गराइए पनि यसपटक राम्रो कथावस्तु भएको विदेशी नाटकहरु नआएकाले नेपाली नाटकमात्र समेटिएको निर्देशक गुरुङ बताए । माया थापाको निर्देशनमा तयार भएको नृत्य नाटीका ‘चंण्डालीका’ समेत मञ्चन हुने बताइएको छ ।

महोत्सवको उदघाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार धनराशीको ‘डबली अवार्ड’समेत प्रदान गरिने छ ।

 


Thali Mobile Pvt.Ltd.