भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

ग्यास विस्फोटमा १० जनाको मृत्यु, ५ घाइते

ग्यास विस्फोटमा १० जनाको मृत्यु, ५ घाइते

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको ठूलो शहर जोहानेसबर्गको बोक्सबर्गमा ग्यास विस्फोटमा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।

अन्य ५० जना घाइते भएका छन् । बोक्सबर्गको पुलमुनि एउटा ग्यास ट्रक फसेको र आगलागी भएको भएको इकुरहुलेनी इमर्जेन्सी म्यानेजमेन्ट सर्भिसेजका प्रवक्ता विलियम नट्लाडीले बताए ।

अग्निनियन्त्रकहरूले आगो निभाउन खोज्दा विस्फोट भएको हो । घटनामा छ जना अग्निनियन्त्रक घाइते भएका छन् ।

घटनाबारे थप अनुसन्धान सुरू गरिएको छ । ट्रकले कुन प्रकारको ग्यास बोकेको थियो भन्ने जानकारी समाचार तयार गर्दासम्म प्राप्त हुन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.