घटनाले नयाँ मोड लिएपछि राज्यमन्त्री विमलाले खुलाईन प्रेमको यर्थाथता

घटनाले नयाँ मोड लिएपछि राज्यमन्त्री विमलाले खुलाईन प्रेमको यर्थाथता

काठमाडौं । प्रेम भन्ने चिज यस्तो रहेछ जुन सामान्य मानिसलाई भन्दा भिआइपिहरुलाई बढि हुने रहेछ । दुनियाँका ठूला बडा भन्नेहरुपनि यस बिना बाँच्न सक्दैनन् भन्ने तथ्य पनि सावित भइदिएको छ । अमेरिकी पूर्व राष्ट्रपछि विलक्लिन्टन देखि नेपालका पूर्ण सभामुख सम्म प्रेममा नै परेर जेल जिवन सम्म विताउनु परेको थियो ।

यो तथ्यलाई अहिले विवादित राज्यमन्त्री विमलाकुमारी खत्री (वली)को जीवनमा पनि लागु हुन पुगेको छ । व्यक्तिगत जीवन र सार्वजनिक जीवनमा अधिकारका परिभाषा फरक लाग्लान तर प्रेम सम्बन्धकै कारण कतिपय आलु कुहिएसरी भएका छन् भने कतिपय अण्डा कुहिए जसरी गन्हाउन पुगेका छन् ।

खैर प्रसंग जेसुकै भएपनि अहिले सतहमा विमला र एकराजको प्रेमकहानी चर्चाको शिखरमा पुगेको छ । कतिपय मिडियाले कुरा बंग्याएर प्रस्तुति दिइरहेका छन् त कतिपयले ढाकछोप हुनेगरी काउण्टर दिइरहेका छन् । यसको वास्तविक्ता जान्न हामीलाई पनि लागेको छ ।
यही बीचमा केहि घटना यसरी आए

विवाहेत्तर सम्बन्धको अन्तरकथा शिर्षकमा समाचार बाहिरियो
दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित सांसद उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त उक्त क्षेत्रमा तत्कालीन नेकपाले उत्तरकी श्रीमती विमलालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो ।तत्कालीन नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको सन्देश दिन भन्दै माओवादी पृष्ठभूमिका प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’लाई विमलाको चुनावी कमाण्डर बनाए ।

विमलाले नेपाली कांग्रेसका केशव आचार्यलाई फराकिलो मतान्तरले पराजित गरिन् । चुनावी अभियानका क्रममा उनी अपार र प्रदेश सांसद दामा शर्मासँग निकट बनेकी थिइन् । पूर्वएमालेहरूसँग टाढिएर पूर्वमाओवादीका नेता(कार्यकर्तासँग उनी बढी घुलमिल हुँदै गइन् ।पूर्वमाओवादीका एकराज र विमलाको भने चुनावसम्म चिनजान नै थिएन ।

एकराज कांग्रेस नेता सुरेश हमाल निकट भएकाले चुनावमा उनलाई पार्टीले शंकाको घेरामा राखेको थियो । विमलासँग आफ्नै निजी सवारीसाधन थिएन । त्यसैले तत्कालीन नेकपाका नेता अपार र दामाले विमलाको आवागमनका लागि एकराज बस्नेतलाई जिम्मा दिए । एकराजसँग निजी कार थियो ।

एकराज निकट एक वाईसीएल कार्यकर्ताका अनुसार आफ्नो निजी गाडी चढाउने क्रममा नै एकराज विमलाप्रति आकर्षित हुन थाले । विमलाले स्वर्गीय पति उत्तरकुमार वलीविरुद्धको वैदेशिक रोजगारको ठगी मुद्दा पनि खेपिरहेकी छन् । सोही मुद्दाको पेसीका लागि विमलालाई सर्वोच्च अदालत धाउनुपर्ने भयो ।

उनै एकराजले विमलालाई आफ्नो गाडीमा हालेर काठमाडौं लगे । एकराज निकट स्रोतका अनुसार उनीहरू काठमाडौंको होटेलमा सँगै बसेका थिए । सोही बसाइपछि उनीहरूबीच अन्तरंग सम्बन्ध सुरु भएको हो । तुलसीपुरमा अढाई तल्लाको घर छँदाछँदै विमला घोराहीमा भाडाको घरमा बस्न थालिन् ।

विमला निकट एक माओवादी नेतृका अनुसार एकराज पनि आफ्नो घरमा नगई विमलासँगै घोराहीमा बस्ने गर्थे । यही क्रममा सिउँदोमा सिन्दूर हालेकी विमलाले आफूलाई गालामा चुम्बन गरेको तस्बिर एकराजले फेसबुकको स्टोरीबाट सार्वजनिक गरेका थिए । केही बेरपछि पोस्ट उनले हटाए । तर, सो तस्बिरसहितको समाचार नेपालप्रेसले सार्वजनिक गरेपछि भाइरल भएको थियो ।

को हुन् एकराज ?
करिब ३५ वर्षीय एकराज सामान्य माओवादी कार्यकर्ता हुन् । उनी कांग्रेसका तुलसीपुर उपमहानगर सभापति सुरेश हमालसँग नजिक छन् । कांग्रेस नेतासँगको निकटताका कारण माओवादीले उनलाई त्यति विश्वास गर्दैन । एकराजको आर्थिक अवस्था सामान्य छ । उनी काठको व्यवसाय गर्छन् । जंगलबाट काठ चोरी(निकासी गरेको भन्दै उनलाई वन मुद्दासमेत लागेको थियो ।

उनले हाल तुलसीपुर उपमहानगरपालिका वडा ९ दोघरेमा बस्नेत सःमिल चलाउँदै आएका छन् । मिनाले बताएअनुसार करिब ४ दिनअघि एकराज घरबाट निस्केका हुन् । अहिले उनको मोबाइल स्विच अफ छ । एकराजका एक छोरा र एक छोरी छन् । यता विमलाका पनि दुई छोरा छन् । एकराजसँग प्रेममा पर्दा विमलालाई उनी विवाहित हुन् भन्ने थाहा थियो वा थिएन भन्ने खुलेको छैन ।

तर, एकराजले घरमा जहान(परिवार हुँदाहुँदै विमलासँग जानाजान अनैतिक सम्बन्ध राखेका हुन् ।नेपालप्रेसमा समाचार प्रकाशित भएपछि उनीहरूले आफूहरूको चरित्रहत्या गरिएको आरोप लगाएका थिए । एकराजले विमला नाताले आफ्नो दिदी पर्ने दाबी गरेका थिए । तर, अन्ततः उनीहरूको विवाहेत्तर सम्बन्ध पुष्टि भएको छ ।

आज विमलाले ‘मेरो एकराज खोइ’ भन्दै उनको घरभित्र घुसेर ताण्डव मच्चाएकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केहि मिडियामा यस्तो समाचार सार्वजनिक गरे ।

खास घटना के हो राज्यमन्त्री विमलाले यसरी खुलाईन सबै यर्थाथ
मंगलबार दिनभरी चर्चामा रहेको घटनाबारे मन्त्री वलीले बाहिर आएको भन्दै फरक कुरा पेश गरेकी छन् । दाङको तुलसीपुर–५ बसपार्कस्थित वाइसिएल नेता एकराज बस्नेतलाई आफ्नो श्रीमान भनेर उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोप राज्यमन्त्री वलीमाथि छ ।

सोही घटना सम्बन्धमा प्रतिक्रिया दिँदै वलीले एकराजसँग अवैध सम्बन्ध नभएको तर पैसाको कारोबार भने बाँकी रहेको जानकारी दिइन् । आफ्नो पैसा माग्न गएको वेला नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपञ्च रचेको उनले आरोप पनि लगाउइन् । मन्त्री वलीका अनुसार वाइसिएल नेता एकराज बस्नेतसँग पैसाको कारोबार बाँकी छ ।

सोही कारोबार मिलाउन बस्नेतसँग एक हप्तादेखि छलफल जारी थियो । उनका अनुसार एकराज फोनमा कुरा भए पनि एक हप्तादेखि सम्पर्कमा आएका थिएनन् । त्यसपछि बाध्य भएर आफू घरमै जानु परेको उनले बताइन् । एकराजले राज्यमन्त्री वलीको पैसा सापटी लिएका छन् । त्यही पैसा फिर्ता लिनका लागि वली घर गएकी हुन् ।

घर जानुभन्दा केही समय अघिसम्म पनि एकराजले फोनमा कुरा गरेका थिए । तर घरमा पुगेपछि आफूले एकराजलाई भेट्टाउन नसकेको उनले जानकारी दिइन् । घरमा पुग्दा पनि एकराजलाई नदेखेपछि आफूले खोइ । एकराज भनेर सोधेको कुरा उल्लेख गरिन् । केही समय पहिलेसम्म फोन भएको थियो तर अहिले सम्पर्क हुँदैन भनेर आफूले एकराजको श्रीमतीलाई सुनाएको उजले बताइन् ।

विमलाका अनुसार त्यसपछि एकराजकी श्रीमतीले जेठाजु वीरेन्द्र बस्नेतलाई बोलाको बताइन् । घटना भएपछि जेठाजु वीरेन्द्र बस्नेतसहित घरपरिवार र छिमेकी आएका हुन् । मन्त्री वलीले जेठाजु वीरेन्द्रले भित्रबाट घरको गेटमा चुकुल लगाएर आफूलाई गालीगलौज गरेको बताइन् । अपशब्द बोल्दै एकपटक वीरेन्द्र पिट्न भनेर उठेको पनि उनले जानकारी दिइन् ।

त्यतिवेला, पिएसओ र मीनाका ससुरा बुबाले छेकेका थिए । त्यसवेला उल्टै आफूमाथि एक करोड हिनामिना गरेको, सुन चोरेकोसम्मको आरोप लगाइएको समेत स्पष्ट पारिन् । एकराजकी श्रीमतीसँग तानातान हुँदा मन्त्री वलीको पनि चुरा फुटेको छ ।

आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको पनि उनको भनाई थियो । यता, एकराजकी श्रीमती मीनाले आफू र छोरीलाई राज्यमन्त्री वलीले कुटपिट गरेको आरोप लगाएका छन् ।

के भएको थियो सुरुमा
साउन को घटनाः लुम्बिनी प्रदेशसभा सदस्य रहेकी विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ५ दिनसम्म ‘बन्धक’ बनाएको बताएकी थिइन् ।

मुख्यमन्त्री निवासबाट माओवादीको सम्पर्कमा पुगेकी उनले बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्री शंकर पोख्रेल्को निवासमा निगरानीमा जबरजस्ती राखेको र विभिन्न माइन्युट र विज्ञप्तिमा पढ्न नदिइ जबरजस्ती गराएको बताइन् थिइन् ।

तीनमहिना अघि देखि नै दबाब दिइरहेको र अनेक प्रलोभन देखाएको भन्दै उनले मुख्यमन्त्री निवासमा लगेर जबरजस्ती हस्ताक्षर गर्न लगाएको समेत बताएकी थिइन्। नेपालगञ्ज जाने भनेर मुख्यमन्त्री निवास पुर्‍याइयो उनले साउन १५ घटना बताएकी थिइन् । २० गते उनी मुख्यमन्त्री निवासबाट भागेर बाहिर निस्केकी थिइन्।

मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको भन्दै उनले शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको बताएकी थिइन्। त्यसैको आधारमा एकराजसंग जोडेर आफुलाई विभिन्न आरोप लगाएको बताइन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.