भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

घटस्थापनाकै साइतमा मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी

घटस्थापनाकै साइतमा मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी

काठमाडौं । सरकार गठनको ८७ दिनपछि आज मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । मन्त्रालय भागवण्डा लगायतका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच सहमति जुटिसकेकाले आज पूर्णता पाउने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रस्ताव गरेपछि आज मन्त्रीहरुले सपथ लिने भएका हुन्। माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने पक्का भएको छ ।

यस्तै राज्यमन्त्रीका लागि मोधमाया यादवको नाम टुंगो लागेको छ ।देउवाले पौडेल समूहलाई दुई र सिटौला समूहलाई एक मन्त्रीको नाम सिफारिस गर्न आग्रह गरेको बुझिएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले सरकारमा जानेहरुको नाम टुंगो लगाईसकेको छ । विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणी चौधरी लगायतको नाम टुंगो लागेको नेकपा एसले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.