भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

घटस्थापनाकै साइतमा मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी

घटस्थापनाकै साइतमा मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी

काठमाडौं । सरकार गठनको ८७ दिनपछि आज मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । मन्त्रालय भागवण्डा लगायतका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच सहमति जुटिसकेकाले आज पूर्णता पाउने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रस्ताव गरेपछि आज मन्त्रीहरुले सपथ लिने भएका हुन्। माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने पक्का भएको छ ।

यस्तै राज्यमन्त्रीका लागि मोधमाया यादवको नाम टुंगो लागेको छ ।देउवाले पौडेल समूहलाई दुई र सिटौला समूहलाई एक मन्त्रीको नाम सिफारिस गर्न आग्रह गरेको बुझिएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले सरकारमा जानेहरुको नाम टुंगो लगाईसकेको छ । विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणी चौधरी लगायतको नाम टुंगो लागेको नेकपा एसले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.