भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

घर बनाउन ठेक्का लिएका व्यक्तिबाटै हत्या, दुई जना पक्राउ

घर बनाउन ठेक्का लिएका व्यक्तिबाटै हत्या, दुई जना पक्राउ

सिन्धुपाल्चोक। एक व्यक्तिको हत्या गरी उनकै आँगनमा गाडेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्र प्रसाद दाहालको हत्या गरी उनकै घरको आँगनमा खाल्डो खनी गाडेको आरोपमा खानीखोला गाउँगालिका–८ बस्ने ३३ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ का ३५ वर्षीय छिरिङ तामाङलाई पक्राउगरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

गत असोज १९ गते राति घट्ना घटेको र त्यसको भोलिपल्ट असोज २० गते बिहान दाहालको घर अगाडिको आँगनमा दुवै खुट्टाको औंला मात्र देखिने गरी बालुवाले पुरेको अवस्थामा शव रहेको जानकारी टेलिफोनमार्फत स्थानीयले प्रहरीलाई गराएका थिए ।

आँगनको बालुवा हटाएर हेर्दा घरधनी ६३ वर्षीय दाहाल रहेको खुल्न आएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मगर र तामाङविरुद्ध कर्तव्य ज्यान मुद्दामा असोज २२ गते मुद्दा दर्ता भएको उनले बताए । जिल्ला अदालतबाट कात्तिक ४ गते म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.