घाइते तथा अपांग भूपु सुरक्षा कर्मी नेपालको पाँचौं साधारण सभा सम्पन्न

घाइते तथा अपांग भूपु सुरक्षा कर्मी नेपालको पाँचौं साधारण सभा सम्पन्न

घाइते तथा अपांग भूपु सुरक्षा कर्मी नेपालको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

संघको नव निर्वाचित अध्यक्षमा बसन्तराज पोख्रेल निर्वाचित भएका छन् । द्धन्द्धका क्रममा घाइते तथा अपांग भएका परिवारलाई राहत स्वरुपको व्यवस्था मिलाउन अनुरोध गर्दै अधिवेशन सम्पन्न भएको हो ।

प्रतिशतको आधारमा नेपाल आर्मी कल्याणकारीणी कोष, रक्षा मन्त्रालय, गृहमन्त्रालयको समन्वयमा बैठक बसी घाइतेको सम्बोधन गरिनु पर्ने माग गरेको छ ।

नव निर्वाचित समितिको उपाध्यक्षम नुरेश्वर अधिकारी महासचिवमा गोविन्द्र गिरी, सचिवमा श्याम बहादुर रावल, कोषादस्यमा जुठे श्रेष्ठ, सदस्यमा रामचन्द्र खड्का,

अर्जुन प्रसाद पण्डीत, लालमणि नाथ, राम बहादुर तामाङ, महिला सदस्यमा तुलसा गौतम, यसोदा खड्का चयन भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.