भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य सन्तोष परियारलाई प्रमुख सचेतक बनाएको छ । परियार भक्तपुरबाट समानुपातिक सांसद हुन् ।

‘यो राज्य भन्ने अवधारणा ती कमजोरहरूका लागि हो । ती पिल्सिएकाहरूका लागि हो । ती पिँधमा पारिएकाका लागि हो । जसले आफनो सुरक्षा आफैंले गर्न सक्दैनन् । अझ सबै भन्दा बढी महिलाको हो । दलितहरूको हो । जनजातीहरूको हो । मधेशीहरूको हो । ती तमाम अल्पसंख्यक गरिबहरूका लागि हो ।’

प्रतिनिधिसभाको दोस्रो बैठकमा सांसद सन्तोषले गरेको भाषणले धेरैलाई चकित बनाएको थियो । सामाजिक सञ्जाल तथा बौद्धिक वृत्तमा उनको वक्तब्यमाथि निकै चर्चा चलेको थियो । संसदमा वजनदार भाषण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद सन्तोष परियार सिमान्तकृतका लागि नयाँ नाम होइन ।

पिछडिएका र शोषित वर्गको आवाज लिएर सडकमा ओर्लिरहने सन्तोष यतिबेला संसदमा छन् । सिमान्तकृतका मुद्दा अब संसदमा सम्बोधन गर्न उनलाई रोकावट हुने छैन । पिँधमा पिल्सिएका दलित समुदायले करिब ३५ सय वर्षदेखि भोग्दै आएको जातीय छुवाछुतविरुद्ध वकालत गरे ।

समाजमा रहेको तहगत जातीय संरचनालाई ‘मुर्दावाद’ भनिरहे । जसका कारण उनी अहिले त्यही समुदायको तर्फबाट संसदको यात्रा तय गरिरहेका छन् । पार्टीको दलित क्लस्टरबाट उनी निर्वाचित भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.