भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य सन्तोष परियारलाई प्रमुख सचेतक बनाएको छ । परियार भक्तपुरबाट समानुपातिक सांसद हुन् ।

‘यो राज्य भन्ने अवधारणा ती कमजोरहरूका लागि हो । ती पिल्सिएकाहरूका लागि हो । ती पिँधमा पारिएकाका लागि हो । जसले आफनो सुरक्षा आफैंले गर्न सक्दैनन् । अझ सबै भन्दा बढी महिलाको हो । दलितहरूको हो । जनजातीहरूको हो । मधेशीहरूको हो । ती तमाम अल्पसंख्यक गरिबहरूका लागि हो ।’

प्रतिनिधिसभाको दोस्रो बैठकमा सांसद सन्तोषले गरेको भाषणले धेरैलाई चकित बनाएको थियो । सामाजिक सञ्जाल तथा बौद्धिक वृत्तमा उनको वक्तब्यमाथि निकै चर्चा चलेको थियो । संसदमा वजनदार भाषण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद सन्तोष परियार सिमान्तकृतका लागि नयाँ नाम होइन ।

पिछडिएका र शोषित वर्गको आवाज लिएर सडकमा ओर्लिरहने सन्तोष यतिबेला संसदमा छन् । सिमान्तकृतका मुद्दा अब संसदमा सम्बोधन गर्न उनलाई रोकावट हुने छैन । पिँधमा पिल्सिएका दलित समुदायले करिब ३५ सय वर्षदेखि भोग्दै आएको जातीय छुवाछुतविरुद्ध वकालत गरे ।

समाजमा रहेको तहगत जातीय संरचनालाई ‘मुर्दावाद’ भनिरहे । जसका कारण उनी अहिले त्यही समुदायको तर्फबाट संसदको यात्रा तय गरिरहेका छन् । पार्टीको दलित क्लस्टरबाट उनी निर्वाचित भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.