काठमाडौं । मुस्ताङको घोडेपानी क्षेत्रबाट तारा एयरको जहाज सम्पर्क विहिन बनेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै मुस्ताङको घोडेपानी क्षेत्रबाट जहाजसँग सम्पर्क भएको स्पष्ट पारेको हो ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजी कार्य जारी रहेको छ । काठमाडौं, पोखरा र जोमसोमबाट खोज तथा उद्धारका लागि हेलिकोप्टरहरु स्टाण्डबाई राखिएको प्राधिकरणले जनाएको छ ।
खोजतलासका लागि फिस्टेल एयरको हेलिकोप्टर त्यसतर्फ पठाइएकोमा प्रतिकुल मौसमको कारणले जोमसोम नै फर्किएको छ । स्थलमार्गबाट खोजि कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी प्रस्थान गरिसकेको छ।
१९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयरको विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपछि उक्त विमान सम्पर्कबिहीन भएको थियो ।
जहाजमा २२ यात्रु रहेको खुलेको छ । मुस्ताङको घाँसामा दुर्घटना भएको आशंका गरिएको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट १६ जना नेपाली र ६ विदेशी पर्यटकसहित जोमसोमका लागि उडेको थियो।
