चक्कु प्रहारबाट क्यानाडामा १० जनाको मृत्यु, अपराधीको खोजी कार्य तीब्र पारिएको प्रहरीले

चक्कु प्रहारबाट क्यानाडामा १० जनाको मृत्यु, अपराधीको खोजी कार्य तीब्र पारिएको प्रहरीले

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको चक्कु प्रहारबाट क्यानाडमा १० जनाको मृत्यु भएको छ । क्यानाडाको जेम्स स्मिथ क्री नेशन र वेल्डन गाउँमा भएको उक्त घटनामा परि १० जनाको मृत्यु भएको हो । घटनामा १५ जना घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनाको तस्बिर समेत सार्वजनिक गरेको छ ।

उक्त घटनामा ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइल्स स्यान्डरसन रहेको जनाइएको छ । घटना लगत्तै कालो कार चढेर भागेका उनीहरूप्रति सचेत रहन सर्वसाधारणलाई प्रहरीले अपील समेत गरेको छ । उनीहरू फरार रहेकाले खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.