भक्तपुर । अविरल वर्षासंगै आएको बाढी र पहिरोले देशभरका विभिन्न स्थानमा असर पुर्याएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडामा एउटा घर भत्किएको छ ।
घर पछाडिको ढिस्को खस्दा चाँगुनारायण नगरपालिका नम्बर वडा नं १ मा बीरबहादुर केसीको जस्ताले छाएको एक तले चार कोठे घर भत्किएको हो ।
घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । भक्तपुरकॉहनुमन्ते लगायतका खोलाहरुको बहाव बढेको छ । बाराहीस्थान, सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्र डुबानमा परेका हुन् । वर्षाले भक्तपुरका विभिन्न स्थानमा डुबानमा परेका छन् । हालसम्म मानवीय क्षती नभएको भक्तपुर प्रहरीले जनाएको छ ।
धान खेत पनि डुबानमा परेका छन् । उद्धार गर्नुपर्ने अवस्था नरहेको भक्तपुर प्रहरीले जनाएको छ । डुवान परेका सबै स्थानमा उद्धार टोली तयारी अवस्थामा रहेको प्रहरुीले जनाएको छ ।
