भर्खरै : Sorry, your browser does not support inline SVG.

चालु अधिवेशन पनि महत्वपूर्ण कानूनहरु निर्माण नै नगरी अन्त्य हुने संकेत

चालु अधिवेशन पनि महत्वपूर्ण कानूनहरु निर्माण नै नगरी अन्त्य हुने संकेत

काठमाडौं । कानून निर्माण गर्ने मुख्य थलो प्रतिनिधिसभा राजनीतिक दलहरुको अकर्मण्यताका कारण नयाँ संसद बनेको ८ महिनामा अहिलेसम्म जम्मा एउटा मात्र विधेयक पारित भएका छन् । संघीय संसदको चालु अधिवेशन पनि महत्वपूर्ण कानूनहरु निर्माण नै नगरी अन्त्य हुने संकेत देखिएको छ ।

गत मंसिर ४ गतेको चुनावपछि बनेको नयाँ संसदको पहिलो अधिवेशन कानून निर्माणमा प्रभावकारी बन्न सकेन । सरकार गठन, सभामुख उपसभामुख चयनमा मात्रै सिमित बनेको सदनको पहिलो अधिवेशनले एउटा पनि विधेयक पारित गर्न सकेन । दोस्रो अधिवेशनमा सदनले बजेटसँग सम्बन्धितबाहेक जम्मा मिटरव्याज सम्बन्धी एकमात्र विधेयक पारित गर्यो । गत बैशाख २४ बाट सुरु भएको संसदको दोस्रो अधिवेशन विधेयक पारित गर्ने सन्दर्भमा यतिमै सीमित हुने सम्भावना बढेको छ ।

अघिल्लो संसदमै लगभग टुंगिएका र अत्यावश्यक थुप्रै महत्वपूर्ण विधेयकहरु पारित नै नभई चालु अधिवेशन अन्त्य हुने संभावना बढ्दै गएको छ । शून्य समय, विशेष समय, आकस्मिक समय र प्रश्नोत्तरमै संसदको अधिकांश समय ब्यतितभयो । सांसदहरु पनि गम्भीर विषयमा भन्दा रोचक घोचक सवाल जवाफमै रमाए । फलतः संसद विधि निर्माण गर्ने भन्दा केवल गफ गर्ने थलोमा परिणत हुन पुग्यो । संसदीय समितिहरु पनि लामो समयसम्म गठन नै भएनन् । बल्ल तल्ल गठन भएपनि लामो समयसम्म नेतृत्व चयन हुन सकेन ।

फलतः कानून निर्माणको प्रक्रियामा न संसदको चासो रह्यो न संसदीय समितिको । संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामामा गरी १७ वटा विधेयक विचाराधीन छ । भर्खरै दर्ता भएका २ विधेयक सहित प्रतिनिधिसभामा १४ र राष्ट्रियसभामा ३ वटा विधेयक छन् । कहिले जलहरी काण्ड, कहिले सुन कण्ड त कहिले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर लामो समयसम्म संसद अवरुद्ध भयो । संसद चलेको अवस्थामा पनि सरकारले बिजनेस दिन सकेन ।

 

 


Thali Mobile Pvt.Ltd.