चिया, कफि तथा अलैचीको बजारीकरणमा समस्या

चिया, कफि तथा अलैचीको बजारीकरणमा समस्या

काठमाडौं । राष्ट्रिय किसान आयोगका अध्यक्ष डा। प्रेम दंगालको अध्यक्षतामा बसेको सरोकारवाला र किसानहरु सहितको छलफल सम्पन्न भएको छ । कोरोना भाइरसका कारण भएको बन्दाबन्दी तथा निशेधज्ञाका कारण चिया, कफि तथा अलैची लगायत नगदेबालीहरुको उत्पादन तथा बजारीकरणमा समस्या भएको किसानहरूले बताए ।

जनगुनासो व्यापक उठेपछि समस्या समाधान गर्न तत्काल राष्ट्रिय किसान आयोगले सरोकारवालासंग भर्चुअल बैठक बोलाएको हो । शुक्रबार अयेजित कार्यक्रममा उपस्थित भएका सम्बन्धित क्षेत्रमा कृयाशिल कार्यालय प्रमुख, संघ संस्था र विभिन्न व्यक्तित्वहरुले किसानमैत्री कृयाकलाप गर्नु पर्ने बताए ।

चिया, कफि खेतीका लागि किसानलार्इ अनुदान दिनु पर्ने जिकिर उनीहरूले गरेका छन् । सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको किसानको ठहर छ।

सरकारले चिया र कफिको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी समेत हुन नसकेको चिया उद्यमीको गुनासो छ । राम्रो उत्पादन भएको मौसममा भाउ नआउने र मूल्य निर्धारणमा समेत एकरुपता नहुनाले बढी समस्या उत्पन्न भएको एक सहभागिले बताए । यस वर्ष इलाममा करीब चार करोड पाँच लाख किलो चिया उत्पादन हुने अनुमान गरिएको छ । नेपालका ७७ जिल्लामध्ये १४ जिल्लामा व्यावसायिक चियाखेती हुने गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.