भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

चिसोले तराईको जनजीवन प्रभावित

चिसोले तराईको जनजीवन प्रभावित

काठमाडौं । निरन्तरको शीतलहर तथा चिसोका कारण जनकपुरधामसहित तराईका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्याधिक चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ ।

चिसोले दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु सबैभन्दा मर्कामा परेका छन् । आगोबालेर ताप्त र बालबालिका तथा जेष्ठ नागरिकको स्वास्थ्यमा ख्याल गर्न प्रशासनले अनुरोध गरेको ।

शीतलहर तथा चिसोलाई मध्यनजर गरी प्रदेश–२ का स्थानीय तहले नगरक्षेत्रका विद्यालयसमेत बन्द गरेका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि विद्यालय बन्द गरेका हुन ।

अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकामा पर्नसक्ने प्रतिकूल असरलाई ध्यान दिन नगरपालिका र गाँउपालिकाहरुले चिसोबाट बच्न अभियान थालेका छन् ।

बजार तथा सार्वजनिक ठाउँमा चिसोका कारण चहलपहल घटेको छ ।

 


Thali Mobile Pvt.Ltd.