चिसोले तराईको जनजीवन प्रभावित

चिसोले तराईको जनजीवन प्रभावित

काठमाडौं । निरन्तरको शीतलहर तथा चिसोका कारण जनकपुरधामसहित तराईका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्याधिक चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ ।

चिसोले दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु सबैभन्दा मर्कामा परेका छन् । आगोबालेर ताप्त र बालबालिका तथा जेष्ठ नागरिकको स्वास्थ्यमा ख्याल गर्न प्रशासनले अनुरोध गरेको ।

शीतलहर तथा चिसोलाई मध्यनजर गरी प्रदेश–२ का स्थानीय तहले नगरक्षेत्रका विद्यालयसमेत बन्द गरेका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि विद्यालय बन्द गरेका हुन ।

अचानक बढेको चिसो र शीतलहरका कारण बालबालिकामा पर्नसक्ने प्रतिकूल असरलाई ध्यान दिन नगरपालिका र गाँउपालिकाहरुले चिसोबाट बच्न अभियान थालेका छन् ।

बजार तथा सार्वजनिक ठाउँमा चिसोका कारण चहलपहल घटेको छ ।

 


Thali Mobile Pvt.Ltd.