भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

चीन–युरोप मालबाहक रेलमा तीव्र प्रगति

चीन–युरोप मालबाहक रेलमा तीव्र प्रगति

एजेन्सी । चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर गर्न मद्दत पु¥याएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । सन् २०१६ देखि सन् २०२१ सम्ममा चीनदेखि युरोप पुग्ने रेलको सङ्ख्या ५५ प्रतिशतले बढेको छ ।

यो अघिल्लो पाँच वर्षको तुलनामा नौ गुणा बढी हो । जियाङ्सुको लियानयुनगाङ्गमा आयोजित चीन–युरोप रेलवे एक्सप्रेस सहयोग मञ्चको सम्मेलनको क्रममा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ भन्सार कार्यालयले दिइएको जानकारीअनुसार यस वर्षको अक्टोबरको अन्तसम्ममा ८२ वटा चीन–युरोप मालवाहक रेल मार्गहरू सञ्चालनमा आएका र यो वर्षको १० महिनामा युरोपेली देशहरूमा ६२ हजारभन्दा बढी मालवहाक रेलले सामान आपूर्ति गरेका थिए ।

अहिले नानजिङ र लियानयुङ्गाङसहित जियाङ्सुका पाँच सहरहरूले २३ बटा सामुद्रिक मार्गहरू सञ्चालन गरिरहेका छन्, जुन युरोप, मध्य एशिया र दक्षिणपूर्वी एशियाका लगभग ८० सहरहरूमा पुग्ने गर्छन् । यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म, जियाङ्सु र युरोपबीचको मालवाहक रेल यात्राको सङ्ख्या १८ हजार पुगेको छ ।

यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो । जियाङ्सुको विदेश मामिला विभागका अनुसार मालबाहक रेल सेवाले क्षेत्रीयस्तरमा मैत्रीपूर्ण आदानप्रदानलाई बढावा दिएको छ । यस प्रदेशले ६४ देशसँग तीन सय ५४ अन्तर्राष्ट्रिय भगिनी साझेदारीमा हस्ताक्षर गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.