भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

चीनसँग लडाइँ लडन ताइवान तयार छ : विदेशमन्त्री जोसेफ

चीनसँग लडाइँ लडन ताइवान तयार छ : विदेशमन्त्री जोसेफ

एजेन्सी । चीनसँग सन् २०२७ मा लडाइँ हुने ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन् ।
एलबीसीको टुनाइट विथ एन्डु मारसँग कुरा गर्दै उनले चीनको सैन्य जोखिमलाई निकै गम्भीरतापूर्वक लिएको बताएका हुन ।

उनले सन् २०२७ का लागि गम्भीर हुनुपर्ने बताउँदै युद्धको लागि समेत तयारी गरिरहेको जानकारी दिए । गत शुक्रबार मात्र चीनका विदेशमन्त्री छिन काङले ताइवान जलसन्धिका दुवै भाग चीनकै भएको बताएका थिए । ताइवानको विषयमा आगोसँग खेल्नेहरू आफैं डढ्ने पनि उनको तर्क थियो ।

चीनका राष्ट्रपति सी जिनपिङले देशको सेनालाई सन् २०२७ सम्ममा ताइवान मिसाई सक्न आदेश दिएको अमेरिकी गुप्तचर निकायले विश्वास जनाएको छ । चीनले ताइवानलाई आफ्नै एक प्रान्त मान्ने गरेको छ । मुख्यभूमिसँग त्यो मिसिनुपर्छ भन्ने चीनले मान्यता राख्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.